कस्तो छ आजको भाग्यफल?
आज आइतबार, ३ चैत २०८१
मेष : तीर्थाटनको योग छ। कार्य सम्पादनमा केही सहजता मिल्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। सेयर बजारमा फाइदा हुनेछ। राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। सजावटको लगानीबाट लाभ मिल्नेछ।
वृष : शुभ समाचार सुन्न पाइएला र समाचारले मनमा शान्ति छाउनेछ। सानो प्रयत्नले ठुलो कार्य सम्पादन हुनेछ। रमणीय र सुखद् यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।
मिथुन : प्राविधिक कार्यमा सफलता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।
कर्कट : लाभहानी, सुखदुःख बराबरी रहनेछ। भ्रमण, खानपान पहिरन तथा फेसनमा धन खर्च हुनेछ। मन खिन्न हुने स्थिति आउनसक्छ। बोलीको विपरीत अर्थ लाग्न सक्नेछ। संयम रहनु होला। दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला।
सिंह : जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्।
कन्या : धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। कुनै कुराले मनमा शान्ति छाउनेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। मनोरञ्जनमा सहभागिता भइएला तर स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनसक्छ।
तुला : मन लोभ्याउने पहिरनमा अरूको नजर पर्नेछ। अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग छ। धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन्। प्रेम प्रसंगमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको अधुरो काम पनि अघि बढ्नेछ।
वृश्चिक : आजको प्रयत्न निष्फल जस्तै होला। सरकारी निकायको भय रहला। साँझपख सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। राजनैतिक कार्यमा बाधा आउनेछ तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ।
धनु : मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। रोकिएका अधुरा पुराना कामहरू पूरा हुनेछन्। मनोरञ्जनमा सहभागी भइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।
मकर : काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आफ्नै दक्षतामा कार्य सम्पन्न हुनेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।
कुम्भ : सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ। नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ। तपाईंका लागि समग्रमा सकारात्मक दिन रहेको छ। अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग छ। परिवारसँग रमाइलो भेटघाट हुनेछ।
मीन : योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफै पछाडि परिनेछ। नजिकका व्यक्ति टाढिन सक्छन्। बोल्दा सावधानी अपनाउनु पर्नेछ। धेरै ठुलो महत्त्वाकांक्षा लिएर काम नगर्नु होला। साँझमा शुभ समाचार सुन्न पाइनेछ।
ताजा अपडेट
-
१.
सरकारी गाडी चढ्दिनँ, तलब घाइते जेनजीका लागि खर्च गर्छु : सुदन गुरुङ
-
२.
अभद्र व्यवहार गर्ने ‘याङ्गो’ राइडर पक्राउ
-
३.
शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेको भन्दै एमालेलाई प्रधानमन्त्रीको धन्यवाद
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
पेट्रोलियम पदार्थमा सहुलियत दिन प्रदीप पौडेलको आग्रह
ट्रेन्डिङ
सम्बन्धित समाचार
अभद्र व्यवहार गर्ने ‘याङ्गो’ राइडर पक्राउ
काठमाडौं। काठमाडौँमा महिलामाथि अभद्र व्यवहार गर्ने एक ‘याङ्गो’ का राइडरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-७, चाबहिल...
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
काठमाडौं। पूर्वराष्ट्रपति डा रामवरण यादवले हालैको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्राप्त दुई तिहाइ नजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान...
पेट्रोलियम पदार्थमा सहुलियत दिन प्रदीप पौडेलको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर स्वरूप देशमा महँगी वृद्धिको भयावह समस्या देखिन सक्ने...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...




