मुख्य समाचार

स्ववियु चुनाव हुँदै आज

काठमाडौँ। काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुने तालिका छ ।

विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै सङ्घ सङ्गठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् । बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ ।

सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ । विश्वविद्यालय क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने जनाइएको छ । मतदानका लागि २० वटा यन्त्र प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित समाचार

दुई सय पाँच गोही नदीमा छाडियो

दुई सय पाँच गोही नदीमा छाडियो

चितवन। चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती नदीमा छाडिएको छ । चालु आर्थिक वर्षमा राप्ती नदीका...

संयुक्त राष्ट्रसंघद्वारा यमनमा यस वर्षको मानवीय आवश्यकताका लागि २.१६ अर्ब अमेरिकी डलरको अपिल

संयुक्त राष्ट्रसंघद्वारा यमनमा यस वर्षको मानवीय आवश्यकताका लागि २.१६ अर्ब अमेरिकी डलरको अपिल

संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले बुधवार यमनका लागि यस वर्षको मानवीय आवश्यकता र प्रतिक्रिया योजना सार्वजनिक गर्दै २।१६ अर्ब...

भारतीय राजधानीमा आगलागीबाट ९ जनाको मृत्यु

भारतीय राजधानीमा आगलागीबाट ९ जनाको मृत्यु

भारतीय राजधानी दिल्लीको एउटा बहुतले भवनमा बुधवार भएको भीषण आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । अन्य...

मलेसियाको आन्तरिक पर्यटन २०२५ मा ११.५ प्रतिशतले वृद्धि

मलेसियाको आन्तरिक पर्यटन २०२५ मा ११.५ प्रतिशतले वृद्धि

काठमाडौँ। सार्वजनिक आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ मा मलेसिया भ्रमण गर्ने आन्तरिक पर्यटकहरूको संख्या अघिल्लो वर्षको तुलनामा ११।५ प्रतिशतले बढेर...