एसइई परीक्षाबाट बाहिरिएको मधेश सरकारको घोषणा
जनकपुरधाम। मधेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले एसइईको परीक्षा सुधारमा संघीय सरकारले सहयोग नगरेको भन्दै परीक्षाको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएको घोषणा गरेका छन्।
मुख्यमन्त्री सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरी उनले ८ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय कार्यालय र सुरक्षानिकायको सहभागितामा भएको बैठकले गरेको निर्णय कार्यान्वयन नभएको भन्दै परीक्षाबाट बाहिरिएको बताए।
मुख्यमन्त्री सिंहले एसइईको परीक्षालाई मर्यादित गर्ने निर्णय कार्यान्वयन नभएपछि गलत क्रियाकलापको साक्षी बन्न अनुगमन लगायतका कुनै काम नगर्ने बताए। मुख्यमन्त्री सिंहले मधेशको शिक्षाको स्तर सुधार्न र पठनपाठनको वातावरण बनाउन चिट चोर्ने तथा चोराउने वातावरण अन्त्य नभएसम्म कठिन हुने बताउँदै संघीय शिक्षामन्त्री विद्या भट्टराईले दिएको निर्देशन एकाइका प्रमुखहरूले उल्लङ्घन गरेको बताए।
प्रदेश सरकारले केन्द्राध्यक्षको चयन गोला प्रथाबाट हुनुपर्ने र केन्द्रमा फेला परेको मोबाइल जफत गर्ने निर्णय गरे पनि त्यसविपरीत केन्द्राध्यक्ष खटाउने काम भएको पत्रकार सम्मेलनमा बताए।
शिक्षाको गुणस्तर सुधारका लागि मर्यादित परीक्षा बनाउनुको कुनै विकल्प नभएको मुख्यमन्त्रीले शिक्षाको हब रहेको मधेशलाई बिगार्ने काम यस्तै कार्यले भएको दाबी गरे।
मधेश प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले शिक्षा सुधारका लागि प्रदेश सरकारले गरेको प्रयास कार्यान्वयन नभएपछि अलग हुने बताइन्।
मधेश सरकारले एसइई परीक्षा केन्द्राध्यक्ष चयनका लागि गोलाप्रथाको प्रयोग गरेर केन्द्रका शिक्षकहरूको योग्यतामा आधारित नियुक्ति प्रक्रिया शुरु गर्न चाहेको थियो। संघीय सरकार र सम्बन्धित समितिहरूले प्रदेश सरकारको निर्देशनको अवज्ञा गर्दै केन्द्राध्यक्षमा प्रधानाध्यापकहरूको नियुक्ति गर्ने निर्णय लिएका छन्। यसले कानूनी विवाद उत्पन्न गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति
काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...
ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...
देवघाटमा देखियो घडियाल
चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...




