स्ववियुको नाममा दलीय ताण्डव रोकियोस् : सुमना श्रेष्ठ
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा दलीय ताण्डव तत्काल रोकिनुपर्ने माग गरेकी छिन् ।
संसद्मा बोल्दै उनले स्ववियुमा विद्यार्थीहरूको दुरूपयोग गर्ने कदम राजनीतिक दलले तत्काल स्थगित गर्नुपर्ने बताइन्। कलेजमा तालाबन्दी हुँदा विद्यार्थीहरूको पढ्न हक छिनिएको भन्दै विद्यार्थीहरूको पढ्ने हक सुनिश्चित गर्न उनले माग गरेकी छिन्।
‘कसैलाई अध्यक्ष कसैलाई उपाध्यक्ष बनाउन राजनीतिक दलहरूले स्ववियु चुनावमा विद्यार्थीको दुरूपयोग गर्दै ताण्डव देखाइरहेका छन्। यो ताण्डव तत्काल बन्द गर्दै विद्यार्थीहरूको पढ्न पाउने हक सुनिश्चित गरियोस्,’ उनले भनिन् ।
श्रेष्ठले मधेस प्रदेशमा एसईई परीक्षा सञ्चालनका लागि मुख्यमन्त्रीलाई केन्द्र सरकारले सहयोग नगरेको भन्दै तत्काल समाधान दिन माग गरेकी छिन् । गोलाप्रथाबाट केन्द्राध्यक्ष छनौट राम्रो प्रस्ताव भएकाले त्यसलाई कार्यान्वयनमा लैजान उनको माग छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति
काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...
ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...
देवघाटमा देखियो घडियाल
चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...




