एसईई परीक्षा : आज अनिवार्य नेपालीको परीक्षा
काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज (शुक्रबार) दोस्रो दिन नेपाली विषयको परीक्षा हुँदैछ। बिहीबारबाट सुरु भएको एसईई परीक्षामा पहिलो दिन अंग्रेजी विषयको परीक्षा भयो।
देशभरका दुई हजार ७९ केन्द्रहरूमार्फत पाँच लाख १४ हजार विद्यार्थीले परीक्षा दिन थालेका हुन् । नेपाल बाहिर जापानमा रहेको एउटा केन्द्रमार्फत आज पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले छिटपुट केही घटनाबाहेक समग्रमा शान्तिपूर्ण रूपमा पहिलो दिनको परीक्षा सम्पन्न भएको बताए ।
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




