राजावादीप्रति इंकित गर्दै कांग्रेसले भन्यो : भारतबाट नेपालको राजनीतिक परिवर्तन असम्भव, नेपालमा माहोल बनेको छैन
काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसले देशबाहिरबाट नेपालमा राजनीतिक परिवर्तन आउन नसक्ने बताएको छ। आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले भारततिर संकेत गर्दै देशबाहिरबाट परिवर्तन आउने कुरा असम्भव रहेको बताएका हुन्।
भारतले राजावादीहरुलाई उक्साएर अहिले प्रदर्शन भइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई देखाइदिने भन्नुभएको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले नेपालको विषय नेपाली जनताबाट निर्णय हुने बताए।
फागुन ७ गतेपछि राजावादीहरुले राजतन्त्रका पक्षमा आन्दोलन गर्दै आएका छन्। फागुन २५ गते पोखराबाट पूर्वराजा शाह काठमाडौँ आउँदा देखिएको जनलहरपछि राजनीतिक वृत्त तरंगित छ। देशमा शान्ति चाहिएको र अब राजतन्त्र पुनःस्थापना गर्ने वेला भएकाले आफूलाई सहयोग गर्न भन्दै फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिपछि राजावादीहरुले दिनदिनै प्रदर्शन गरिरहेका छन्।
उनले नेपाली जनताले निर्णय गरिसकेको बताए। सरकारले संविधान संशोधनलगायत कतिपय विषय उठाएकाले त्यस विषयमा कांग्रेसले आगामी दिनमा निर्णय गर्दै जाने बताए।
‘नेपालको विषय हामी नेपाली जनताले निर्णय गर्ने हो‚ नेपाली जनताले निर्णय गरिसकेको छ। नेपाली जनताले अब आवधिक रुपमा निर्वाचन गर्ने पद्धति छ। निर्वाचित सांसदहरु आउँछन्‚ जे गर्नुपर्ने हो, निर्णय हुन्छ‚’ उनले भने, ‘हामीले कतिपय विषयवस्तु संविधान संशोधनको विषय पनि सरकारले कुरा गरेको छ। भोलि कुन कुन विषयमा संविधान संशोधन गर्नुपर्छ, त्यस विषयमा हामी कुरा गर्नेछौँ। बाहिरबाट परिवर्तन आउने भनेको सम्भव छैन।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति
काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...
ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...
देवघाटमा देखियो घडियाल
चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...




