शिक्षा विधेयक पारितका लागि रिले अनशनमा शिक्षक-कर्मचारी
काठमाडौँ। विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न माग गर्दै शिक्षकहरू अहिले सडकमा छन्। उनीहरू संसद्को यही अधिवेशनबाट विधेयक पारित गर्न दबाब दिइरहेका छन्। शिक्षक महासंघ र कर्मचारी संगठनले विभिन्न माग गर्दै आन्दोलन गरिरहेको छ। चरणबद्ध आन्दोलन गरिरहेको महासंघको आन्दोलन नयाँ रूपमा प्रवेश गरेको छ। महासंघ र कर्मचारी संघ विधेयक पारितको माग राख्दै रिले अनशनमार्फत आन्दोलित छ।
गत माघ २० गतेदेखि सुरु भएको शिक्षक कर्मचारीको आन्दोलनअन्तर्गत आज पनि भक्तपुरस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रिले अनशन जारी छ। दोस्रो चरणअन्तर्गतको यो अनशन आज नेपाल शिक्षक महासंघका सचिव कल्पना पनेरु सिंखडाको नेतृत्वमा विहान ८ बजेदेखि जारी छ। रिले अनशनको सातौँ दिन हो। अनशन १५ गते सकिने महासंघको भनाइ छ।
महासंघका अध्यक्ष, पदाधिकारी तथा आबद्ध सम्बद्ध संस्थाका अध्यक्षहरूको नेतृत्वमा रिले अनशन हुँदै आएको छ। प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक–२०८० ले ऐन को रुप नपाउँदा शिक्षक आन्दोलन लम्बिदै गएको छ।
शिक्षा ऐन जारी गर्न सरकार तत्पर नभएको महासंघको भनाइ छ। महासंघले चैत २० गते चार लाख शिक्षक कर्मचारीलाई काठमाडौँ जान आह्वान गरिसकेको छ। ऐन जारी नभएसम्म लाखौं शिक्षक कर्मचारी सडकमै बस्ने र ऐन लिएर विद्यालय फर्किने महासंघले बताएको छ। महासंघको जारी आन्दोलनको नारा ‘कि जितिन्छ कि बितिन्छ’ रहेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




