मुख्य समाचार

समाजवादी मोर्चाको प्रदर्शनलाई शंकर पोखरेलको समर्थन

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार समाजवादी मोर्चाले काठमाडौंमा गर्ने प्रदर्शनलाई समर्थन जनाएका छन्।महासचिव पोखरेलले फेसबकमा स्टाटस लेखेर मोर्चाले शुक्रबार गर्न लागेको जनप्रदर्शनलाई प्रतिगनको कुप्रयास विरूद्धको सकारात्मक पहल रहेको बताएका छन्।

उनले दलहरू आपसमा प्रतिस्पर्धा तथा एक अर्काको आलोचना र विरोध गर्दै जनअभिमतबाट आफूलाई स्थापित गर्ने कोसिस गर्ने बताए।

‘तर जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोल्दछ भने त्यसको डटेर सामना पनि गर्दछन्। इतिहासले धेरै पटक यस्तो तथ्यलाई प्रमाणित गरेको छ। त्यसमाथि अहिलेको युग जनसचेतनताले सुसम्पन्न लोकतन्त्रको युग हो,’ उनले फेसबुकमा लेखेका छन्।

शुक्रबार मोर्चाले काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गर्दैछ।

सम्बन्धित समाचार

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर...

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...