मुख्य समाचार

रौतहटको गरुडामा आगलागी हुँदा ७ घर जलेर ध्वस्त

काठमाडौँ । रौतहटको गरूडा नगरपालिकास्थित तरकारी बजारमा शुक्रवार विहान आगलागी हुँदा ७ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट करिब १३ लाख २० हजार रूपैयाँ बराबरको सम्पत्ति नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गरूडा नगरपालिका वडा नम्बर ४, तरकारी बजार क्षेत्रमा बिहान साढे ९ बजे खाना पकाउने क्रममा सल्किएको आगो आसपासका खरले छाएका घरहरूमा फैलिएको थियो। आगलागीका कारण सात वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार गरूडा ८ जिगडियाका शेख कमाउद्दिनको मासु पसलमा १ लाख, जयमंगल चौधरीको फुसको खाजा पसलमा २ लाख, राजेन्द्र साहको फुसको पसल, सुजितकुमार चौधरीको खाजा पसलमा ३ लाख ५० हजार, गरूडा नगरपालिका ४ का नेवालाल चौरसियाको किराना पसलमा ३ लाख, कृष्ण दासको कपडा पसलमा ५० हजार र कटहरिया नगरपालिका ९ डुमरियाका सत्येन्द्र ठाकुरको फलाम पसलमा ३ लाख रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ।

आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय गरूडाका प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले प्रयास गरे तापनि, पसलभित्र रहेका ग्यास सिलिन्डर पड्किएपछि आगो झन् फैलिएको थियो।

पछि गौर नगरपालिकाबाट आएको वारूण यन्त्रको सहयोगमा करिब एक घण्टामा आगो नियन्त्रणमा लिन सकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए।

 

सम्बन्धित समाचार

दाउन्नेमा  दुर्घटना, तीन जनाको मृत्यु

दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु

नवलपरासी । नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला...

कीर्तिमानी बन्यो डलरको भाउ

कीर्तिमानी बन्यो डलरको भाउ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...