भरतपुर महानगरको मेयरमा रेनु दाहालको मनोनयन दर्ता

चितवन । नेकपा माओवादी केन्द्रकी रेनु दाहालले चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।
सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेकी हुन् ।

सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले उम्मेदवार भागवण्डाका क्रममा भरतपुरको मेयर माओवादी केन्द्रले लिने सहमति गरेका थिए ।

You might also like
Comments
Loading...