मुख्य समाचार

शशांकले फेरि भने : म हिन्दु राष्ट्र चाहन्छु

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू राजतन्त्रको पक्षमा नभएको तर हिन्दु राष्ट्रको भने पक्षमा भएको बताएका छन्।

सोमवार संघीय संसद परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पटक पटक अवसर दिँदासमेत सत्ताको दुरुपयोग गरेको आरोप पनि लगाएका छन्।

उनले फेरि अवसर दिँदा राज्यसत्ताको दुरुपयोग नगर्ने कुनै ग्यारेन्टी नभएकोले राजाको कुनै आवश्यकता नरहेको बताए। व्यवस्थालाई कसरी अगाडि बढाउने भन्नेबारे जनताले निर्णय गर्ने उनको भनाइ छ। उहाँले आफू हिन्दु राष्ट्रको पक्षमा रहेको स्पष्ट पारे।

उनले भने, ‘राजालाई हामीले पटक पटक मौका दियौँ, अवसर दियौँ। उनले दुरुपयोग गरे। अब के ग्यारेन्टी छ कि उनले दुरुपयोग गर्दैनन्? त्यसैले अब राजा हामीलाई चाहिँदैन। हिन्दुराष्ट्रको पक्षमा चाहीँ म छु।’

उनले तीनकुने घटनामा भीड उक्साउने काम राजावादी पक्षबाट भएको भन्दै कानूनी दायरामा ल्याउनुपर्ने माग गरे।

सम्बन्धित समाचार

हेटौँडामा शंकास्पद वस्तु डिस्पोज

हेटौँडामा शंकास्पद वस्तु डिस्पोज

हेटौँडा। हेटौँडा उपमहानगरपालिका-६ गौरिटारस्थित सीटीईभीटी कार्यालय र श्रीकृष्ण प्रणामी मन्दिरको बिचमा सेतो कागजमा ‘डेन्जर’ लेखिएको शंकास्पद वस्तु फेला परेको छ।...

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पा। रोल्पामा खटिएका एक जना प्रहरी बिरामी परेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा खटिएका प्रहरी सहायक हवल्दार जिवन...

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर...

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...