मुख्य समाचार

नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक : दीपक गिरी

काठमाडौँ। नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक रहेको बताएका छन्। मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग सांसद गिरीले यस्तो बताएका हुन्। उनले संविधान निर्माणका क्रममा हिन्दु राष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बोरामा बन्द गरी राखिएको बताए।

उनले नेपालमा ८० प्रतिशतभन्दा बढी नागरिकले हिन्दु राष्ट्रको पक्षमा राय दिएको भए पनि चलखेल गरिएको उनको आरोप छ। उनले नेपाल हिन्दुराष्ट्र बन्न आवश्यक रहेको बताए।

‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ। त्यो खोलियोस् त। त्यतिबेला ८० प्रतिशतमाथि जनताले हिन्दु राष्ट्र हुनुपर्छ भनेको थियो। कसैले हिन्दु राष्ट्रलाई हटाऊ भनेको अवस्था थिएन‚’ उनले भने, ‘संसारभरि एउटा हिन्दु राष्ट्र भएको हेर्ने धेरैको रहर थियो। अहिले पनि ती अभिलेख र रायहरु हेरियोस्। नेपालमा

हिन्दु राष्ट्र अत्यन्त आवश्यक परिरहेको अवस्था छ।’

सम्बन्धित समाचार

हेटौँडामा शंकास्पद वस्तु डिस्पोज

हेटौँडामा शंकास्पद वस्तु डिस्पोज

हेटौँडा। हेटौँडा उपमहानगरपालिका-६ गौरिटारस्थित सीटीईभीटी कार्यालय र श्रीकृष्ण प्रणामी मन्दिरको बिचमा सेतो कागजमा ‘डेन्जर’ लेखिएको शंकास्पद वस्तु फेला परेको छ।...

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पा। रोल्पामा खटिएका एक जना प्रहरी बिरामी परेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा खटिएका प्रहरी सहायक हवल्दार जिवन...

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर...

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...