मध्यपश्चिम विश्वविद्यालयको स्ववियु चुनावमा नेविसंघको जित
सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विजय हासिल गरेको छ। विवेक खड्का नेतृत्वको प्यानलले नेकपा एमालेनिकट अखिल (अनेरास्ववियु) का उम्मेदवारहरूलाई पराजित गर्दै स्ववियुको नेतृत्व हात पारेको हो।
चुनावमा अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा खड्काले १ हजार १८८ मत प्राप्त गर्दै अनेरास्ववियुका जगतजंग शाहीलाई पराजित गरे। शाहीले ९०७ मत प्राप्त गरेका थिए। अन्य प्रत्याशी प्रकाश विकले २७५ मत र मिलन बिसीले २३१ मत पाए। कुल ४ हजार ३८३ मतदातामध्ये २ हजार ८६४ जनाले मतदान गरेका थिए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
हेटौँडामा शंकास्पद वस्तु डिस्पोज
हेटौँडा। हेटौँडा उपमहानगरपालिका-६ गौरिटारस्थित सीटीईभीटी कार्यालय र श्रीकृष्ण प्रणामी मन्दिरको बिचमा सेतो कागजमा ‘डेन्जर’ लेखिएको शंकास्पद वस्तु फेला परेको छ।...
रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना
रोल्पा। रोल्पामा खटिएका एक जना प्रहरी बिरामी परेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा खटिएका प्रहरी सहायक हवल्दार जिवन...
उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर...
प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति
काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...




