मुख्य समाचार

आन्दोलनरत शिक्षकलाई मन्त्रालयले वार्तामा बोलायो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकलाई वार्तामा आउन आह्वान गरेको छ । मन्त्रालयले बिहीबार (चैत २१) विज्ञप्ति जारी गर्दै छलफलमार्फत साझा धारणा बनाउन सकिने जनाएको छ ।

“शिक्षक समुदायसँग विगतझैँ फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्मण गर्न नेपाल सरकार हमेसा तयार रहेकाले यसका लागि शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ ।

शिक्षा ऐन तत्काल जारी गरिनुपर्ने माग गर्दै शिक्षकहरूले बुधबार (चैत २०)देखि काठमाडौंकेन्द्रित अनिश्चितकालीन सडक आन्दोलन सुरु गरेका छन् । विद्यालय शिक्षा विधेयक हाल संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलक्रममा छ । तर, संसद्को हिउँदे अधिवेशन चैत १९ गते अन्त्य गरियो । अर्को अधिवेशन (संसद् बैठक) आह्वान गरिएको छैन ।

सम्बन्धित समाचार

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...

कांग्रेसको देउवा पक्षले बोलायो केन्द्रीय कार्य समिति बैठक

कांग्रेसको देउवा पक्षले बोलायो केन्द्रीय कार्य समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नो समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यको बैठक बोलाएको छ। पूर्वगृहमन्त्री रमेश...

३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस

३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस

काठमाडौँ। तीन दर्जनभन्दा बढी संस्थाबारे पुनरावलोकन गर्न सरकारलाई एक उच्चस्तरीय अध्ययन समितिले सिफारिस गरेको छ । सुशासन मार्गचित्र अध्ययन...

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन

इरानमाथि अमेरिकी र इजरायली सैन्य कारबाहीको विरोध गर्दै विश्वभर ठूलो मात्रामा विरोध प्रदर्शनहरू भएका छन् । लण्डनदेखि सिड्नी, एथेन्सदेखि...