शिक्षा

लाखौ शिक्षक सडकमा, वार्ता समेत वेवास्ता गर्दै आन्दोलनमा महासंघ

काठमाडौँ। विद्यालय शिक्षा विधेयक पारित गर्न दबाब दिँदै शिक्षकहरू अहिले काठमाडौँ सडकमा छन्। सरकारले विधेयक पारित गर्न आनाकानी गरेको मागसहित उनीहरू काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन्।

३ लाख हाराहारीमा शिक्षक ल्याउने योजना नेपाल शिक्षक महासंघको छ। यतिधेरै शिक्षक राजधानीमा आन्दोलित रहदा समेत सरकारले चासो देखाएको छैन। शिक्षक महासंघले अध्यादेशमार्फत माग सम्बोधन गर्न अनुरोध गरिरहेको छ। यता सरकारले यसबारे कुनै चासो दिएको छैन। ‘काठमाडौँ जाऔं’ अभियान चलाउँदै महासंघले आन्दोलन अघि बढाएको हो।

महासंघले भनेको छ, ‘देशभरका सबै शिक्षक(कर्मचारीको सहभागितामा अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन अघि बढाइन्छ। स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी करार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्धका पक्षमा स्पष्ट मार्ग निर्माण गर्न सक्ने नयाँ विद्यालय शिक्षा ऐन जारी नभएसम्म यो आन्दोलन निरन्तर चलिरहनेछ।’

आन्दोलन शान्तिपूर्ण, अनुशासित र मर्यादित हुने बताइएको छ। महासंघले शिक्षक–कर्मचारीलाई आचारसंहिता उल्लंघन नगर्न पनि अनुरोध गरेको छ। यता, सरकारी पक्ष भने मौन छ। आज मात्रै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकलाई वार्तामा डाकेको थियो। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बिहीबार विज्ञप्ति प्रकाशित गरी वार्तामा डाकेका हुन्।

‘शिक्षक समुदायसँग विगतझैँ फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार हमेसा तयार रहेकाले यसका लागि शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ।
महासंघले तत्काल वार्ता नगर्ने स्पष्ट पारेको छ। शिक्षा मन्त्रालयले आन्दोलन स्थगित गरेर वार्तामा आउन गरेको आह्वानपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले वार्ता भन्दा ऐन बनाउन अनुरोध गरेका छन्।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...