प्रधानमन्त्री नेपाल आइपुग्दै
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँं शिखर सम्मेलनमा भाग लिई आज स्वदेश प्रस्थान गरेका छन्।
प्रधानमन्त्री ओली आज बिहान स्थानीय समय अनुसार १०ः१५ बजे नेपाल प्रस्थान गरेका हुन्। उनलाई बैंककस्थित सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जंग्राउनग्रेङकिटसहितले बिदाइ गरे।
थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली र नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नले पनि प्रधानमन्त्री ओलीलाई बिदाइ गरे। प्रधानमन्त्री ओली आज मध्याह्न १२।३० बजे स्वदेश आइपुग्ने तालिका छ।थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत हुन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...
गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण...
मतदान सकिएपछि निर्वाचनबारे जानकारी दिँदै आयोग
काठमाडौँ। निर्वाचन आयोगले मतदान सकिएलगत्तै साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद...
हेटौँडामा शंकास्पद वस्तु डिस्पोज
हेटौँडा। हेटौँडा उपमहानगरपालिका-६ गौरिटारस्थित सीटीईभीटी कार्यालय र श्रीकृष्ण प्रणामी मन्दिरको बिचमा सेतो कागजमा ‘डेन्जर’ लेखिएको शंकास्पद वस्तु फेला परेको छ।...




