क्षणिक आबेग उत्तेजनामा नआउन कार्यकर्तालाइ ओलीकाे अग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले टिकट नपाएकै कारण बागी विद्रोही गर्ने वा क्षणिक आबेग उत्तेजनामा नआउन देशभरका पार्टी पंक्तिलाई अपिल गरेका छन् ।
मनमोहन स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्ना कार्यकर्तालाइ यस्तो अग्रह गरेका हुन्।‘
क्षणिक आबेग उत्तेजनामा आउनु हुँदैन । संयम र धैर्य नै एमालेको चरित्र हो ।
एकमन एकताका साथ एमालेका देशभरका कार्यकर्ता उभिनुपर्छ । अहिले मनोनयन दर्ताका सम्बन्धमा ,सबै ठाउँमा ठिकै भएको नहुन सक्छ, बेठीक पनि भएको होला । तर, अहिले आवेग उत्तेजनामा आउने होइन, आपराधिक गठबन्धनलाई हराउने हो,’ अध्यक्ष ओलीले भने ।
पार्टीप्रति निष्ठावान र बफादार छु भन्ने तर वडाध्यक्ष वा सदस्यको टिकट नपाएपछि बागी विद्रोही गर्ने, अर्को पार्टीमा जाने प्रवृति एमालेमा नसुहाउने उहाँको भनाई छ ।
उम्मेदवारी मनोनयन र टिकट वितरणमा कहिँ कतै बेठीक पनि भएको भन्दै त्यसको समीक्षा चुनावपछि हुने बताउनु भयो । अध्यक्ष ओलीले आफूले टिकट नपाएकै कारण बागी विद्रोही गर्ने वा क्षणिक आबेग उत्तेजनामा आउने चरित्र एमालेको नभएको भन्दै एमालेका कार्यकर्तालाई एक सुर एक तालमा पार्टीलाई जिताउन आह्वान समेत गरे ।
ताजा अपडेट
-
१.
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
-
२.
खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
-
३.
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
-
४.
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
-
५.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




