मुख्य समाचार

कृष्णमूर्तिका समर्थकले दिए पत्रकार ढुंगानालाई धम्की

काठमाडौँ। मानव सेवा फाउन्डेसनले पोखरामा गर्न लागेको कोटीहोमको समाचार लेखेको भन्दै उनका समर्थकले पत्रकारलाई धम्की दिएका छन् । फाउण्डेसनले पोखरामा कोटीहोमको तयारीका क्रममा गरेको करोड दिप प्रज्जोलनबाट सल्किएको आगोबारे समाचार लेख्दा पत्रकार सुमन ढुंगानालाई धम्की दिइएको हो ।

मानवसेवा फाउन्डेशन नाम संस्थाको हवला दिँदै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका ढुंगानालाई धम्की दिइएको हो । बुधबार ‘कोटिहोमका नाममा धन्न ठूलो आगलागी हुनबाट जोगियो पोखरा’ शीर्षकमा सार्वजनिक गरेको भिडियोलाई लिएर ढुंगानालाई धम्की दिएको उनले बताए ।

‘उक्त भिडियो सार्वजनिक किन गरिस् भन्दै मलाई जेसुकै हुने धम्की दिएका छन्’, उनले भने, ‘९७४५३००८६० नम्बरको मोबाइलबाट एक व्यक्तिले न्युज २४ मा हाम्रो पनि ठूलो चिनजान छ भन्दै जे पनि गर्न सक्ने भन्दै धम्की दिए।’

उनले आफूलाई धम्की दिने व्यक्तिविरुद्ध कानुनी उपचारमा जाने बताए ।

 

सम्बन्धित समाचार

हेटौँडामा शंकास्पद वस्तु डिस्पोज

हेटौँडामा शंकास्पद वस्तु डिस्पोज

हेटौँडा। हेटौँडा उपमहानगरपालिका-६ गौरिटारस्थित सीटीईभीटी कार्यालय र श्रीकृष्ण प्रणामी मन्दिरको बिचमा सेतो कागजमा ‘डेन्जर’ लेखिएको शंकास्पद वस्तु फेला परेको छ।...

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पा। रोल्पामा खटिएका एक जना प्रहरी बिरामी परेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा खटिएका प्रहरी सहायक हवल्दार जिवन...

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर...

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...