मुख्य समाचार

मैले अहिलेसम्म एक जनालाई पिटेको पनि छैन : प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले १७ हजार मानिसहरूको मृत्यु युद्धका क्रममा भएको बताएका छन्। शनिबार संक्रमणकालीन न्यायसम्बन्धी खिमलाल देवकोटाले लेखेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले मुलुकलाई इतिहासको पछाडितिर धकेल्न चाहनेहरूले माओवादी केन्द्र र विशेषगरी आफूमाथि १७ हजार मानिस मारेको आरोप लगाएको बताएका हुन्।

‘यो त युद्धको नियमअनुसार युद्धमा भएको कुरा हो । राज्य पक्षले कति मार्‍यो, विद्रोहीले कति के गर्‍यो भन्नेकुरा त अध्ययन गर्न सकिन्छ, अनुसन्धान गर्न सकिन्छ,’ उनले भने, ‘१७ हजार माओवादीले, अझ प्रचण्डलेरु हत्याको कुरा छाड्दिनुस् मैले अहिलेसम्म एक जनालाई पिटेको पनि छैन।’

अध्यक्ष प्रचण्डले युद्धको नेतृत्व आफूले लिएको र शान्ति प्रक्रियामा आएपछि सम्पूर्ण कुराको जिम्मा लिन्छु भनेको बताए। ‘तर यति धेरै गलत आरोप लागिराख्दा विभिन्न बुद्धिजीवि, राजनीतिक दल, सात राजनीतिक दल कोही पनि बोलेको देखिएको छैन,’ उनले भेन।

त्यतिबेला सबै मिलेर १२ बुँदे समझदारी गरेको तर अहिले बोल्नुभन्दा नबोल्नु ठीक भनेर अरू पक्षहरूले मौनता साधेको प्रचण्डले बताए। ‘यसरी शान्ति प्रक्रियालाई साँचो अर्थमा निस्कर्ष र दिगो बनाउन सकिँदैन । सत्यलाई सत्य भनेर राख्ने आँट हामी गर्न सकिँदैन भने कसरी समाजलाई नयाँ स्थायित्व र रुपान्तरणतिर लैजान सकिन्छ?,’ उनले भने।

सम्बन्धित समाचार

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण...

मतदान सकिएपछि निर्वाचनबारे जानकारी दिँदै आयोग

मतदान सकिएपछि निर्वाचनबारे जानकारी दिँदै आयोग

काठमाडौँ। निर्वाचन आयोगले मतदान सकिएलगत्तै साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद...