मुख्य समाचार

ज्वाला संग्रौलालाई बयानमा बोलाउन अदालतको आदेश

काठमाडौँ। सर्वोच्चले अदालतको अपहेलनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला)लाई तीन दिनभित्र बयानका लागि उपस्थित गराउने आदेश गरेको छ । न्यायाधीश हरि फुयाल र शारंगा सुवेदीको इजलासले बयानका लागि उपस्थित गराउनेसहित कारण देखाउ आदेश जारी गरेको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशपछि ज्वालाले फेसबुक स्टाटस लेखेर दलको झोला बोकेका न्यायाधीशहरूले आदेश गर्ने यस्तै हो भन्ने भावको धारणा सार्वजनिक गरेकी थिइन्।

उक्त स्टाटसले अदालतको फैसला कार्यान्वयनमा अवरोध गर्ने र न्यायपालिकामाथिको जनविश्वासमा संकट पैदा गर्ने भन्दै प्राञ्जल केसीले चैत २७ मा अवहेलना निवेदन दिएका थिए । निवेदन रुजु गरी २८ गते मात्र दर्ता भएको उक्त निवेदन आइतबार संयुक्त इजलासमा पेसीमा चढेको हो।

सम्बन्धित समाचार

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण...

मतदान सकिएपछि निर्वाचनबारे जानकारी दिँदै आयोग

मतदान सकिएपछि निर्वाचनबारे जानकारी दिँदै आयोग

काठमाडौँ। निर्वाचन आयोगले मतदान सकिएलगत्तै साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद...