वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्छौं, सामूहिक थुनामा जान तयार छौं ; लिङ्देन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ। बिहीबार काठमाडौंमा बसेको राप्रपा कार्यसम्पादन समिति बैठकले आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लैजाने र पूर्वघोषित कार्यक्रम अनुसार वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए।
बैठकले बैशाख ९ गते ७७ जिल्लामा विरोध सभा र धर्नाका साथै प्रदर्शन गर्ने निर्णय गरेको छ भने उपत्यकामा सबै वडा तहसम्म सबै नेताहरू पुग्दै संगठनलाई मजबुत र आन्दोलन केन्द्रित गर्ने निर्णय गरिएको अध्यक्ष लिङ्देनले बताए।
बैठकले चैत १५ गतेको प्रदर्शनका क्रममा पक्राउ परेका रविन्द्र मिश्र र धवलशमशेर राणालगायतलाई तत्काल रिहाइ गर्न माग गरेको छ। आफ्ना नेताको रिहाइका लागि कानुनी तथा राजनीतिक दुवै लडाइँलाई सशक्तरूपमा लैजाने निर्णय भएको अध्यक्ष लिङ्देनले बताए। उनले पार्टीका सबै आन्दोलनका कार्यक्रमलाई व्यवस्थित गर्न विशेष कमिटी बनाउने निर्णय भएको बताए।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...
निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...




