मुख्य समाचार

काठमाडौँमा बिहानै वर्षा, कहाँ कहाँ पर्ला पानी?

काठमाडौँ। हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावस्वरुप अहिले कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। देशका बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले कोसी र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। अहिले काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा भइरहेको छ। सुदूरपश्चिम क्षेत्रको डडेलधुरा, कञ्चनपुर, बैतडी लगायतका ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित पानी परिरहेको महाशाखाले जनाएको छ।

केही समयपछि यो प्रणाली पूर्व (कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश)तिर सर्दै जाने महाशाखाको अनुमान छ। आज कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ। त्यसैगरि देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। आज राति पनि कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका विभिन्न स्थानमा हुने मेघगर्जन र चट्याङसहितको वर्षा तथा हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमासमेत प्रभाव पर्न सक्ने अनुमान गर्दै महाशाखाले त्यसबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन पनि सबैमा अनुरोध गरेको छ।

सम्बन्धित समाचार

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...