कांग्रेसले चुनावी घोषणापत्रमा माथि ओलीले गरेको टिप्पणीको जवाफ दिने

काठमाडौं ।नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि गरेको टिप्पणीबारे कांग्रेसले जवाफ दिने भएको छ ।
नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीबारे कांग्रेसले जवाफ दिने भएको हो ।
मंगलबार नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए ।
नेपाली कांग्रेसका महामन्त्री एवम् निर्वाचन घोषणापत्रका संयोजक गगनकुमार थापाले दिउँसो १ बजे बत्तिसपुतलीमा आयोजित निर्वाचन अभियान सम्बन्धी कार्यक्रममार्फत् जवाफ दिन बताएका हुन् ।
‘स्थानीय तह निर्वाचन अभियान र सम्पर्क समितिहरूको भूमिका’ विषयमा कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममार्फत् थापाले ओलीको अभिव्यक्तिको जवाफ दिने नेपाली कांग्रेसले जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर आलोचना गरेका थिए ।
ताजा अपडेट
-
१.
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
-
२.
खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
-
३.
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
-
४.
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
-
५.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




