मुख्य समाचार

राप्रपाले आक्रामक आन्दोलन गर्ने भएपछि शिक्षकले छोट्याए आइतबारको प्रदर्शन

काठमाडौँ। नेपाल शिक्षक महासङ्घले आइतबार काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा गर्ने प्रदर्शनको समय परिवर्तन गरेको छ। यसअघि दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएको महासङ्घले आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन गर्ने निर्णय गरेको महासङ्घका अध्यक्ष लक्ष्मी किशोर यादवले जानकारी दिए ।

‘परिस्थितिलाई मध्यनजर गरेर समय परिवर्तन गरेका छौं। ९ देखि १२ सम्म आन्दोलन गर्छौं। हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ,’ सुवेदीले भने। महासङ्घले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले पनि सोही क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेपछि सम्भावित असहज परिस्थितिलाई ध्यानमा राख्दै आफ्नो प्रदर्शनको समय परिवर्तन गरेको जनाएको छ।

शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गत चैत २० गतेदेखि माइतीघर–बानेश्वर क्षेत्रमा निरन्तर प्रदर्शन गरिरहेका छन्। सरकारसँग वार्ता भए पनि सहमति जुट्न नसकेपछि उनीहरूले आन्दोलन जारी राखेका हुन्। यसैबीच, राप्रपाले पनि भोलि दिउँसो १२ बजेदेखि बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। राप्रपाले पार्टी बैठकबाटै निर्णय गराएर निषेधित क्षेत्र तोड्ने गरी प्रदर्शनमा सहभागी हुने जनाएको छ। उता, गृह मन्त्रालयले निषेधित क्षेत्र तोड्ने गरी कुनै पनि गतिविधि भएमा कारबाही गर्ने चेतावनी दिइसकेको छ।

सम्बन्धित समाचार

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...