शिक्षा

शिक्षा क्षेत्रमा परिवर्तन चाहन्थिन् विद्या, नेतृत्वको असहयोगले राजीनामा दिइन्

काठमाडौँ। शिक्षा क्षेत्रमा सुधारका काम गर्दै आएकी शिक्षामन्त्री विद्या भट्टराईले सोमबार राजिनामा दिइन्। उनले राजीनामा पत्रमा स्वास्थ्यको कारण खुलाउँदै राजीनामा दिएकी छन्।

प्रधानमन्त्री कार्यालयका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न करिब ५ बजेतिर भेटेर उनले राजीनामा दिएकी हुन्। उनी निकट स्रोतका अनुसार विद्या सबैलाई समेटेर अघि बढ्नुपर्ने बताउने गरेकी थिइन्।

सडकमा आन्दोलित शिक्षकका माग पूरा गर्नुपर्ने, विश्वविद्यालयमा हुने गरेको राजनीतिक हस्तक्षेप रोकिनुपर्ने अडानमा थिइन्। सत्तारुढ पार्टीका नेताहरूका अनुसार उनले यी कार्यमा सरकारको नेतृत्वकै सहयोग पाइनन्। यही कारण नैतिकता देखाउँदै राजीनामा पत्र दिइन्। विद्यालले यसअघि नै शिक्षकहरूका माग पूरा नभएमा राजीनामा दिने सार्वजनिक अभिव्यक्ति दिएकी थिइन्। नेताहरूका अनुसार उनी त्यही बचनमा अडिग रहिन्। उनका कार्यकालमा उल्लेखनीय राम्रा काम भएका छन्।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन, विदेशी विश्वविद्यालय र कन्सल्टेन्सी निर्देशिका परिमार्जन, लामो समयदेखि अनुत्र्तीण प्लस टूका विद्यार्थीलाई मौका परीक्षा, नेपालीमा प्रश्नपत्र, पाठ्यक्रममा भएको त्रुटी सच्याउने कामलगायतका उत्कृष्ट काम गरेकी छन्।

यद्यपि, उनले काठमाडौँमा चलिरहेको शिक्षक आन्दोलन सम्बोधन गर्न प्रधानमन्त्री तहबाट सहयोग पाइनन्। उनी निकट स्रोतका अनुसार शिक्षकका माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओली नै अनुदार रहे। यसैले विद्यालयले राजीनामाको बाटो रोजिन्।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...