मुख्य समाचार

कम्युनिस्ट पार्टी स्थापनाको ७६ औँ वर्ष पूरा

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७६ औँ स्थापना दिवस। कम्युनिष्ट घटकहरूले मंगलबार छुट्टाछुट्टै कार्यक्रम गरी मनाउँदैछन्।

लेलिन जयन्तीको अवसरमा सन् १९४९ अप्रिल २२ मा पुष्पलाल श्रेष्ठको अगुुवाइमा निरंकुश शासनको अन्त्य, किसान मजदुरको अधिकार, सामन्तवाद र साम्राज्यवादविरोधी नवप्रजातन्त्रका लागि नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। पुष्पलालसहित नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास श्रेष्ठ, मोतीदेखि श्रेष्ठ लगायत संस्थापक नेता भएकाले एमालेले आफूलाई कम्युनिष्ट आन्दोलनको मूलधार बताउने गरेको छ। उसले प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रमलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने एमाले प्रचार विभाग प्रमुख राजेनद्र गौतमले जानकारी दिए। कार्यक्रममा सात नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानबाट सम्मानित हुँदैछन्। यस्तै एमालेबाटै छुट्टिएको नेकपा एकीकृत समाजवादीले पनि छुट्टै कार्यक्रम गर्दैछ। उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार पार्टीले एक ब्याङ्क्वेटमा विचार गोष्ठी आयोजना गरेको छ। माओवादीले भने कम्युनिष्ट स्थापना नभई लेलिनको स्मृति लेनिन जयन्ती मनाउँदैछ।

यो ७६ वर्षको अवधिमा कम्युनिष्ट पार्टीबीच विभाजनको श्रृंखला चल्दै आएको छ। २०७४ सालको आमनिर्वाचनमा एमाले र माओवाादीबीच चुनावी गठबन्धन र कालान्तरमा पार्टी एकता गरी नेकपा बनाइए पनि लामो समय टिक्न सकेन। बरु, नेकपाभित्रकै कलहका कारण एमालेमा समेत विभाजन आई माधव नेपाल लगायत नेताले एकीकृत समाजवादीको गठन गरे। उता अर्को कम्युनिष्ट धारको नेतृत्व गर्ने माओवादी पनि टुटफुटबाट गुज्रिरहेको छ।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...