काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एमालेसँग भएको सहमतिअनुसार संविधान संशोधनको प्रक्रिया अघि बढाउन ढिला भएको स्वीकार गरेका छन् ।
पार्टीनिकट यातायात व्यवसायीको महाधिवेशनलाई सम्बोधन गर्दै संविधान संशोधन गर्नु नै दुई ठूला पार्टीको मुख्य उद्देश्य भएको बताए ।
उनले भने, ‘संविधान संशोधनको काम अघि बढाउन ढिला भएको छ । संयन्त्रमा म छु । पार्टीको तर्फबाट, त्यहाँ ढिलासुस्ती भएको छ, त्यो स्वीकार्दा केही अप्ठ्यारो मान्नुपर्ने छैन । अब चाँडै नै भएको सहमतिको आधारमा कांग्रेस र एमालेको बीचमा कार्यदल बनाएर, कार्यदलले दुई दलको बीचमा आन्तरिक छलफल गरेर आधार तयार गर्ने, त्यो आधारको जगमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र र संसद्मा रहेका अन्य दलहरूसँग संवाद गर्ने ।’