शिक्षा

महासंघ सरकार वार्ता ; सहमति खोज्न सिंहदरबार गए शिक्षक, पास नपाएपछि फर्किए

काठमाडौँ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय आफैँले २५ जना वार्ता टोलीको नाम बनाएर पठाएपछि नेपाल शिक्षक महासंघ सिंहदरबार प्रवेश नगरी फर्किएको छ।

वार्ताका लागि शिक्षक महासंघको टोली सिंहदरबार प्रवेश गर्न खोज्दा २५ सदस्यीय नाम पाएपछि गेट प्रवेश नै नगरी फर्किएको हो।

वार्ता टोलीको नाम आफूहरूले बनाउन पाउनुपर्ने अधिकार भए पनि मन्त्रालय आफैँले नाम तोकेपछि वार्ताका लागि नगएको राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमुदकुमार सिंह जानकारी दिए। उनले भने, ‘वार्ता टोलीको नाम त हामीले बनाउन पाउनुपर्छ नी,अधिकार छ तर मन्त्रालय आफैँले बनाएको पाइयो, त्यही भएर वार्ता गर्न गएनौँ।’

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले वार्ता बहिष्कार गरेको बताएपछि शिक्षामन्त्री रघुजी पन्तले महासंघबाटै आधिकारिक नाम पठाउन आग्रह गरेका छन्।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...