मुख्य समाचार

कोशी नाम र केबलकार खारेजीको पक्षमा छलफल चलाउँदै जसपा नेपाल

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले सुनसरीको धरानमा आगामी वैशाख २० गते आयोजना गर्न लागेको ‘कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी’ मा सहभागी हुन परिपत्र जारी गरेको छ। जसपा नेपालले पार्टीका सह–अध्यक्ष रकम चेम्जोङको संयोजकत्वमा गठन गरेको ‘१ नं प्रदेश आन्दोलन परिचालन तथा समन्वय समिति’ ले गोष्ठी गर्न लागेको हो।

प्रदेशअन्तर्गतका पार्टी केन्द्रीय समिति, प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति, जिल्ला समिति, पालिका समिति र भ्रातृसङ्गठनका समितिलाई पार्टी अध्यक्ष उपेन्द्र यादव प्रमुख वक्ता रहने उक्त गोष्ठीमा उपस्थित हुन परिपत्र जारी गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

समितिको बैठकले प्रदेशअन्तर्गतका जिल्ला र पालिकाबाट गोष्ठीमा सहभागीहरुको प्रवन्ध मिलाउनका लागि नेताहरुलाई जिम्मेवारीसमेत तोकेको छ।

जसअनुसार मोरङमा राजकुमार यादव, धनकुटामा आइत चेम्जोङ, उदयपुरमा हस्तशोभा राई र पाँचथरमा राजेन्द्र जबेगू तोकिएका छन्।

त्यसैगरी इनरुवा, भोक्राहा नरसिंह, हरिनगरा, देवानगञ्ज र कोशीमा भगिरथ खत्वे र देवकृष्ण यादवलाई जिम्मेवारी तोकिएको छ। धरानमा ताजुब लिम्बू, उर्लाबारीमा मातृका धिमाल र विशाल आङ्देम्बे, केराबारी र लेटाङमा छत्र चेम्जोङ, कुन्ता राई र शान्ता मोक्तान र इटहरीमा टंक मोक्तानलाई जिम्मेवारी तोकिएको छ।

युवा, विद्यार्थी र महिला सङ्गठनको सहभागितको प्रवन्ध मिलाउने जिम्मेवारी सम्बन्धित समितिका अध्यक्षलाई दिइएको जनाइएको छ।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...