मुख्य समाचार

व्यवहार र अभ्यासमै नेपाललाई राष्ट्र–राज्यको रूपमा विकसित गरेको छ : डा प्रकाशचन्द्र लोहनी

काठमाडौं। राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण शाहले व्यवहार र अभ्यासमै नेपाललाई राष्ट्र–राज्यको रूपमा विकसित गरेको बताए।

‘त्यो बेला राष्ट्र–राज्यको सिद्धान्त कतै प्रतिपादन भएको थिएन, तैपनि पृथ्वीनारायण शाहले सामूहिक राष्ट्रिय भावनालाई जनस्तरसम्म लगे। समावेशी भावना अनुरूप सबै जातजाति, धर्म, संस्कृति, सम्प्रदायले यो मेरो देश हो भन्ने अनुभूति गर्ने अवस्था विकास गरे,’ डा लोहनीले पृथ्वीपथ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दे शुक्रबार भने।

‘पृथ्वीनारायण शाहले शासनमा जनताको सर्वोच्चता लागू गरे। यो अर्को महत्वपूर्ण योगदान हो उनको। आफ्‌नो रुची विराज बखती भए पनि जनमतको आधारमा कालु पाँडेलाई काजी नियुक्त गरे। राष्ट्र–राज्य बीचको दूरी व्यवहारमा हटाए। स्थानीय आधारमा सबैलाई समटेर लागे,’ लोहनीले भने।

नेता लोहनीले भने अनुसार पृथ्वीनारायण शाहले राजनीति र प्रशासन, सुरक्षा, अर्थ, संस्कृति र परराष्ट्रको क्षेत्रलाई राज्य संचालनको अभिन्न अंगको रूपमा अघि बढाएका थिए।

राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले भने, ‘राष्ट्र केवल भूमि होइन, धर्म, संस्कृति, भाषा, जातीयता सबैको मिलन बिन्दु हो भन्ने दृष्टिकोण पृथ्वीनारायण शाहले लिएका थिए । जस अनुरुप बनेको नेपालको जग यति सबल र गतिशील रह्यो, पृथ्वीनारायण शाहले छाडेर गएको नेपाल विखण्डनको मारमा कहिले परेन । विभिन्न चुनौति र उतारचढावका बाबजुद पराधीन हुन परेन ।’

लावतीले भने, ‘युद्ध र कुटनीतिको दुई खम्बे मार्गचित्रमा नेपाली समाजको आधार निर्माण भयोे । पृथ्वीनारायण शाह सैन्य बलमा मात्र निर्भर रहेनन्, एकीकरणलाई सफल निष्कर्षमा लैजान उनी जनताको मन जित्न सदा प्रयासरत रहे । सहअस्तित्वमा अडेको सहिष्णु नेपाली समाजको निर्माण गरे।’

पूर्वमन्त्री दिपक ज्ञवालीले भने, ‘एकीकरणको सफलतापछि पृथ्वीनारायण शाहले नेपालको बाँडफाँड गरेनन्, नेपालको अविभाज्यता कायम राखे । जबकी मल्ल राजाले काठमाडौं, पाटन र भक्तपुर छोराहरुलाई बाँडेका थिए । नेपालमा मात्र होइन, नेपोलियनले समेत यूरोपका विभिन्न देशहरु भाइहरुलाई बाँडे । त्यो समय कसैले नगरेको काम पृथ्वीनारायण शाहले गरे, नेपाललाई एक ढिक्का राखे ।’

पृथ्वीनारायण शाहले चार जात छत्तीस वर्णको मात्र कुरा गरेनन्, आ–आफ्‌नो कुल धर्म मान्नु पनि भने। सबै धर्म परम्परा मान्ने आधार र स्वतन्त्रता खडा गरे, ज्ञवालीले भने। ‘पृथ्वीनारायण शाहले सेना बनाए, जो तत्कालीन समयको लागि नौलो अभ्यास थियो,’ उनले भने। डा. सुरेन्द्र केसीले पृथ्वीनारायण शाहको शासन अहिलेको भन्दा धेरै सफल र व्यवहारिक भएको बताए। ‘आठ क्लास पढेको मान्छे प्रधानमन्त्री, सात क्लास पढेको मान्छे अर्थमन्त्री, दश क्लास पढेको मान्छे शिक्षा मन्त्री, त्यही भएर देशमा केही हुँदैन भनेर सबै बाहिर गइरहेका छन्,’ उनले भने।

राष्ट्रवादी मातृशक्तिकी संयोजक समृद्धी राणा बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वसांसद गंगा चौधरी र बेबीसा भण्डारीले पृथ्वीनारायण शाहको देनबारे चर्चा गरे।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...