सूचना प्रविधि

नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने

काठमाडौं । नेपाल टेलिकमले निकट भविष्यमै ई–सिम (e-SIM : embedded SIM Card) उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौता पत्रमा बैशाख ११ गते नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच सम्झौता भएको छ । सम्झौता अनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकहरुलाई ई–सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने छ ।

सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल टेलिकमले नयाँ नयाँ प्रविधि भित्र्याउने क्रममा ई–सिम समेत उपलब्ध गराउने भएको र यसका लागि आवश्यक कार्य छिट्टै नै प्रारम्भ हुने विश्वास व्यक्त गरिन् ।

अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दले ई–सिमका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्य समयमै सम्पन्न गरी कम्पनीलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् ।

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई–सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

ई–सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस ; (Wearable Device) हरुमा समेत प्रयोग गर्न सकिन्छ ।

हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्नु हुनेछ भने नयाँ प्रयोगकर्ताले समेत सहज तरिकाले ई–सिम लिन सक्नु हुनेछ ।

 

सम्बन्धित समाचार

आइटी कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार डलरसम्म नि:सर्त सटही सुविधा

आइटी कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार डलरसम्म नि:सर्त सटही सुविधा

काठमाडौं।नेपाल राष्ट्र बैंकले सेवा निर्यात गर्ने सूचना तथा प्रविधि (आइटी) कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्मको विदेशी...

नेपाल टेलिकमले सुरू गर्यो फाइबर विद्यार्थी अफर

नेपाल टेलिकमले सुरू गर्यो फाइबर विद्यार्थी अफर

काठमाडौं।नेपाल टेलिकमले आजदेखि फाइबर विद्यार्थी अफर सुरु गरेको छ। यस अफरअन्तर्गत विद्यार्थीहरूले वार्षिक रु. ४,९९९ मा वार्षिक डेटा सेवा...

मानव मिनी–मस्तिष्कले चलाउँदैछ नयाँ पुस्ताको कम्प्युटर ‘वेटवेयर’

मानव मिनी–मस्तिष्कले चलाउँदैछ नयाँ पुस्ताको कम्प्युटर ‘वेटवेयर’

काठमाडौं। सुरम्य स्विस सहर भेवेको एक आधुनिक प्रयोगशालामा वैज्ञानिकहरूले मानव मस्तिष्कका कोशिकाका स–साना गुच्छाहरूलाई जीवित राख्न आवश्यक पोषक तत्वयुक्त...

शाओमी १५टी मोबाइ नेपाली बजारमा

शाओमी १५टी मोबाइ नेपाली बजारमा

काठमाडौं। स्मार्टफोन शाओमी १५टी नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो फ्ल्यागशिप स्मार्टफोनमा लाइकासँग मिलेर विकसित गरिएको ट्रिपल क्यामरा...