शिक्षा

फेकनको कार्यकारी सदस्यमा रिजन मडैको उम्मेदवारी घोषणा [प्रतिबद्धतापत्रसहित]

काठमाडौं। लामो समयदेखि शैक्षिक सुधार अभियानमा खटिएकी रिजन मडै स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को कार्यकारी सदस्यको उम्मेदवारी घोषणा गरेका छन्।

उनले शिक्षा परामर्श क्षेत्रको समुन्नति र संस्थागत विकासमा समर्पित रहदै जिम्मेवारीवहन गर्न फेकनको कार्यकारी सदस्य बन्ने बताएका छन्।

उनले आफू कार्यकारी सदस्य भएर शैक्षिक क्षेत्रको दीगो विकास सदस्य हकअधिकारको सशक्त संरक्षण र नेपाली शिक्षा परामर्श व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउन भूमिका खेल्ने बताएका छन्।

आफू कार्यकारी सदस्यमा निर्वाचित भएमा रिजनले विभिन्न प्रतिबद्धता पूरा गर्ने बताएका छन्। र, उनले सदस्यमा जिताउन अपिल गर्दै सबैलाई विश्वास र समर्थन गर्न अपिल गरेका छन्।

नमस्ते आदरणीय FECON सदस्यज्यूहरू,
शिक्षा परामर्श क्षेत्रको समुन्नति र संस्थागत विकासमा समर्पित रहँदै, म आगामी FECON निर्वाचनमा कार्यकारी सदस्य पदको उम्मेदवारीको घोषणा गर्दछु। यस अवसरमा तपाईंहरूको अमूल्य विश्वास र समर्थनको हार्दिक अपेक्षा गर्दछु।
मेरो स्पष्ट उद्देश्य भनेको यस क्षेत्रको दिगो विकास, सदस्यहरूको हक-अधिकारको सशक्त संरक्षण, र नेपाली शिक्षा परामर्श व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न योगदान पुर्याउनु हो। यदि तपाईंहरूको विश्वासले मलाई निर्वाचित गरायो भने, म निम्न प्राथमिकताहरूमा पूर्ण प्रतिबद्धताका साथ क्रियाशील रहनेछु:
🔹 सदस्यहरूको सक्रिय सहभागिता र सुझावलाई प्राथमिकतामा राखी FECON को प्रभावकारिता बढाउने।
🔹 अन्तर्राष्ट्रिय शिक्षा बजारमा नेपाली कन्सल्टेन्सीहरूको पहुँच र विश्वसनीयता मजबुत बनाउने।
🔹 नीति निर्माण तहमा सदस्यहरूले भोगिरहेका व्यावसायिक चुनौतीहरूको समाधानका लागि स्पष्ट आवाज उठाउने।
🔹 पारदर्शिता, नैतिकता र सहकार्यमा आधारित संस्थागत नेतृत्वलाई अझ सुदृढ बनाउने।
🔹 विदेशी विद्यार्थीहरू नेपालमा अध्ययन गर्न सकून् भन्ने उद्देश्यले विदेशी तथा नेपाली विश्वविद्यालयहरूबीच समन्वय गर्दै विनिमय कार्यक्रम (Exchange Program) को माध्यमबाट अनुकूल वातावरण निर्माण गर्ने।
आदरणीय सदस्यज्यूहरू, तपाईंहरूको एक मतले मलाई FECON को सेवा गर्ने अवसर प्रदान गर्नेछ र हाम्रो साझा लक्ष्य — नेपालको शैक्षिक परामर्श क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने यात्रामा ठोस पाइला हुने विश्वास लिएको छु।
साथ, सहयोग र सद्भावनाका लागि हार्दिक धन्यवाद!
यहाहरुको साथको अपेक्षासहित,
रिजन मडै
कार्यकारी सदस्य उम्मेदवार, FECON

 

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...