एमालेले गर्यो शैक्षिक संवाद
काठमाडाैं। नेकपा एमाले फाकफोकथुम गाउँ कमिटी आयोजना आज शैक्षिक संवाद कार्यक्रम सम्पन्न भएको छ। पालिका भित्रका आधारभुत तह र माध्यमिक तहको जम्मा ४२ वटा विद्यालयका, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु, प्रध्यानाध्यापकहरु, शिक्षक अभिभावक संघका अध्यक्षहरु, पालिका अध्यक्ष, उपाध्यक्ष, सातै वटा वडा वडाध्यहरु, कार्यपालिका सदस्यहरु, शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक लिला कोईराला, पालिका स्तरका पार्टीका प्रमुखहरु, पेशागत संगठनका प्रमुखहरुको उपस्थितीमा घुनीभुत छलफल कार्यक्रम भयो ।
कार्यक्रममा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका पुर्व क्याम्पस प्रमुख तथा वरिष्ठ अधिवक्ता जसबहादुर लुङगेली सामुदायिक विद्यालय शिक्षा लाई प्रभावकारी बनाउने उपायहरु बारे ६ पेजको कार्यपत्र प्रस्तुत गरेका थिए।
पालिका अध्यक्ष दीपेन्द्र खनाल कार्यक्रममा वक्ता थिए। उनले गएको ३ वर्षमा शिक्षा सुधारका लागि गरिएको कामको बारेमा जानकारी गराएका थिए। ४ घण्टा लामो अन्तरक्रिया कार्यक्रम कार्यपत्र माथि आएका टिप्पणी र सुझावहरु टिपोर्ट गर्ने टिपोर्टकर्ताहरु खेमराना मगर, अर्जुन थापा गोदार, केदार अधिकारी र राम पौडेल सरहरुले गरेका थिए।
अनर्तरक्रिया कार्यक्रम सुझाव, जिज्ञासा राख्ने क्रममा, नेपाल शिक्षक संघका, पालिका अध्यक्ष, खगेन्द्र भट्टराई ,नेपाल शिक्षक संगठन पालिका अध्यक्ष भीम चम्लागाई, धार्नेखोप आवि विद्यालयको विवयश अध्यक्ष चन्द्र प्रकाश बोहोरा, सिंहदेवी मावि आमचोकमा प्रध्यानाध्यापक मोतिखर पाख्रेल, सिंहदेवी मावि शिकारी भञ्ज्याङको प्रअ डिक बहादुर राई, दृष्टि विहिन खगेन्द्र खनाल, दलित समन्वय समिति पालिका अध्यक्ष हेम कर्ण नेपाली, नेकपा एमाले जिल्ला सचिवालय सदस्य प्रेमराज लिम्बुले प्रस्तुत कार्य पत्रमा माथि सुझाव, टिप्पणी राखेका थिए।
नयाँ शैलीमा गरिएको कार्यक्रममा कार्यक्रम औचित्यमाथि प्रकाश पार्दै सहभागी लाई स्वागत सहित कार्यक्रमको अध्यक्षता नेकपा एमाले फाकफोकथुम गाउँ कमिटी अध्यक्षले गरेका थिए । कार्यक्रमको सञ्चालन, नेकपा एमाले फाकफोकथुम गाउँकमिटीको सचिव ओम खनालले गरेका थिए।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...
निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...




