शिक्षा मन्त्रालयले भन्यो : दक्षिण कोरियाको स्नातकोत्तर तहको एनओसी रोकिएको छैन [पत्रसहित]
काठमाडौंं। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियामा अध्ययनका लागि जाने विद्यार्थीलाई प्रदान गर्ने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) नरोकिएको स्पष्ट पारेको छ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै कोरियाका लागि डी टू र डी फोर भिसामा अध्ययन गर्न जाने विद्यार्थीको एनओसी रोकिए पनि स्नातकोत्तरको नरोकिएको बताएको छ। र, स्नाकोत्तरबाहेकको सन्दर्भमा भने गत वैशाख २७ सम्मको मात्र एनओसी वितरण गर्ने मन्त्रालयको सूचनामा उल्लेख छ। यसअघि मन्त्रालयले सूचना जारी गर्दै विभिन्न कारण देखाउँदै डी २ र डी ४ को एनओसी रोकिएको जनाएको छ।
मन्त्रालयले डी २ र डी ४ को सन्दर्भमा सुरुदेखि नै रोजगारीमा बढी प्राथमिकताका कारण अध्ययनमा निरन्तरता नहुने, अध्ययन घण्टा कम भएका विश्वविद्यालयमा भर्ना हुने, पैसा कमाउने प्राथमिकताका कारण अध्ययनको निरन्तरतामा समस्या आउने, काम पाउन नसक्ने जस्ता कारणले नेपाली विद्यार्थी मानसिक समस्या तथा डिप्रेसनमा पर्ने गरेको गुनासो बढ्दै गएकले रोकेको जनाएको थियो।

ताजा अपडेट
-
१.
सरकारी गाडी चढ्दिनँ, तलब घाइते जेनजीका लागि खर्च गर्छु : सुदन गुरुङ
-
२.
अभद्र व्यवहार गर्ने ‘याङ्गो’ राइडर पक्राउ
-
३.
शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेको भन्दै एमालेलाई प्रधानमन्त्रीको धन्यवाद
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
पेट्रोलियम पदार्थमा सहुलियत दिन प्रदीप पौडेलको आग्रह
ट्रेन्डिङ
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




