मुख्य समाचार

आज सगरमाथा संवादको समापन गरिँदै

काठमाडौँ। काठमाडौँमा जारी सगरमाथा संवाद आज सकिँदैछ।

जेठ २ गते सुरु संवाद आज सकिन लागेको हो। संवादको तेस्रो तथा अन्तिम दिन आज पौने १२ बजे समापन कार्यक्रम हुदैछ।

समापन समारोहमा तीन दिनसम्मको छलफलको निष्कर्षसहित घोषणा पत्र मिडिया ब्रिफिङ मार्फत जानकारी दिइने सगमाथा संवाद सचिवालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए।

हिजो विभिन्न ८ वटा छुट्टाछुट्टै विषयहरूमा संवाद भएको थियो। तेस्रो सत्रमा अन्तर्गत १२ वटा विषयमा संवाद गर्ने कार्यक्रम तय गरिएकोमा अस्ति ४ र हिजो ८ विषयमा संवाद सम्पन्न भएको सगरमाथा संवाद सचिवालयले जानकारी दिएको हो।

यसैबिच सगरमाथा संवादमा सहभागी ३५ जना पाहुनालाई सगरमाथा संवाद सचिवायले आज बिहान माउन्टेन फ्लाइट गराएको छ।

माउन्टेन फ्लाइटमा ६ जना विभन्न देशका मन्त्रीसहित ३५ जना सहभागी छन्।

त्रिभुवन विमानस्थलमा प्रबक्ता रेन्ज शेर्पाका अनुसार बिहानै माउन्टेन फ्लाइटमा निस्केका पाहुनाहरु केहिबेरमा ल्याण्ड हुदैछन्।

 

सम्बन्धित समाचार

बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’

बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’

इलाम । हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला की भन्ने चिन्ता सुरु हुन्छ । वर्षापछि छानोबाट झर्ने...

ओली र लेखकलाई अदालत लगिँदै

ओली र लेखकलाई अदालत लगिँदै

काठमाडौँ। पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश...

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...