मुख्य समाचार

सगरमाथाको चुचुरोमा अनेरास्ववियुको झन्डा

काठमाडौँ। अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनको लोगो र संगठनको झन्डा विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराइएको छ।

हिमाल आरोही मिग्मा डेभिड शेर्पाको नेतृत्वको टोलीले गत जेठ ५ गते बिहान ८ बजे सगरमाथाको शिखरमा अनेरास्ववियुको झन्डा र महाधिवेशनको लोगो पुर्‍याएका हुन्।

संगठनले यो अभियान जलवायु परिवर्तनविरुद्धको सचेतना तथा हिमाल संरक्षणको सन्देश फैलाउने उद्देश्यका साथ सञ्चालन गरेको अखिलका प्रवक्ता एवं सचिव प्रकाश पौडेलले जानकारी दिए।

अनेरास्ववियुले भविष्यमा पनि जलवायु परिवर्तन र प्राकृतिक सम्पदाको संरक्षणका लागि विद्यार्थीहरूको अमूल्य योगदान सुनिश्चित गर्न निरन्तर क्रियाशील रहने प्रतिवद्धता जनाएको छ।

सम्बन्धित समाचार

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...