मुख्य समाचार

ठुला पार्टी आफ्नो स्वार्थ पुरा गर्न भ्रष्टाचारमा चुर्लुम्म डुबे : झलनाथ खनाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्ने बताएका छन्। नेता खनालले सबैभन्दा ठुला पार्टी भनिएका कांग्रेस र एमाले समेत आफ्नो पार्टीको स्वार्थ पुरा गर्न भ्रष्टाचार मा चुर्लुम्म डुबेको बताए ।

शनिबार नेकपा ९एकीकृत समाजवादी० काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ द्वारा आयोजित पार्टी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका गल्तीलाई सच्याउँदै र अनुभवबाट सिक्दै एक्लै चुनाव लड्ने गरी कार्यकर्तालाई निर्देशन दिए । नेता खनालले एकीकृत समाजवादी कांग्रेस र माओवादीसँग सत्ताका लागि मिल्न गएका कारण राष्ट्रिय पार्टी हुन नसकेको समेत स्पष्ट पारे ।

उनले भने, ‘हाम्रो पार्टी राष्ट्रिय पार्टी नहुनुमा काङ्ग्रेस र माओवादीसँग सत्ताको लागि मिल्न गएको गएको र विगतको चुनावमा हाम्रो विचार, सिद्धान्त र लक्ष्यलाई जनतासँग प्रस्ट पार्न नसकेकोले हो ।’

उनले पार्टी नेतृत्वले गरेको गलत निर्णयका कारणले पनि एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न नसकेको बताए । नेता खनालले नेकपा एमालेलाई दक्षिणपन्थीहरूले नेतृत्व गरिरहेका कारण त्यो पार्टी अधोगति र पतनको बाटोतिर हिँडिरहेको समेत बताए ।

सम्बन्धित समाचार

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...