कस्तो रहला आजको मौसम?
काठमाण्डौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले देशमा मौसम बदली र वर्षा हुने क्रम जारी छ।
यस क्रममा आज आइतबार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
अनि कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना छ।
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार राति पनि कोसी प्रदेश र मधेस प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी ठाउँमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
अनि कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थान र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा, हिमपात हुने सम्भावना छ।
ताजा अपडेट
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता
-
३.
क्रोएसियामा भीषण आँधी
-
४.
संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखद्वारा इरानी विद्यालयमा भएको आक्रमणको अनुसन्धान निष्कर्षमा पुर्याउन आग्रह
-
५.
बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’
-
६.
केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता
अमेरिका र इजरायलको इरानसँगको युद्ध एक महिना पुग्न लाग्दा मध्यपूर्वमा दशकौँपछिको सबैभन्दा ठूलो तनाव उत्पन्न भएको छ । यसले...
क्रोएसियामा भीषण आँधी
बिहीवार र शुक्रवार क्रोएसियामा भीषण आँधीले विनाश मच्चाएको छ । जहाँ भारी हिमपात र १२० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको...
संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखद्वारा इरानी विद्यालयमा भएको आक्रमणको अनुसन्धान निष्कर्षमा पुर्याउन आग्रह
संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले अमेरिकालाई इरानको एउटा प्राथमिक विद्यालयमा भएको आक्रमणको अनुसन्धान तत्काल निष्कर्षमा पु¥याउन र त्यसका...
बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’
इलाम । हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला की भन्ने चिन्ता सुरु हुन्छ । वर्षापछि छानोबाट झर्ने...




