मुख्य समाचार

युवा संघको नेतृत्व चयनका लागि मतदान हुँदै

काठमाडौँ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघको नेतृत्वका आज मतदान हुँदैछ। निर्वाचन समितिले सूचना टाँस गर्दै बिहान ८ बजेदेखि मतदान हुने जनाएको छ।

विद्युतीय मेसिनबाट हुने मतदानलगत्तै मतगणना सुरु गरिनेछ। मतगणना सकिएपछि निर्वाचन परिणाम घोषणा हुनेछ।

उद्घाटनपछि बन्दसत्रबाट विभिन्न प्रतिवेदन पारित गरिएको छ । त्यसपछि नेताहरूले सर्वसम्मत नेतृत्व चयनको प्रयास थालेका थिए । वर्तमान अध्यक्ष क्षितिज थेबेलाई नै सर्वसम्मत अध्यक्ष बनाउन उनीहरू लागिपरेका थिए।

हालका उपाध्यक्ष महाराज गुरुङ, प्रकाश गौतम, कृष्णहरि केसी अध्यक्षको दौडबाट बाहिरिएका छन् । उनीहरू बाहिरिएसँगै थेबे र पुरी भिड्ने भएका छन् ।

मतदाननिम्ति शनिबार राति ४५ वटा विद्युतीय मेसिन ल्याइएको छ। महाधिवेशनमा एक हजार ७५० प्रतिनिधि छन्।

 

सम्बन्धित समाचार

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...