मुख्य समाचार

राजावादी आन्दोलनमा होमिनु पूर्व राप्रपा नेपालले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जिल्ला अध्यक्ष सहितको केन्द्रीय समितिको बिस्तारित बैठक मंगलबार काठमाडौँमा बस्ने भएको छ ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले आन्दोलन सम्बन्धी रणनीति र कार्ययोजना सहितको कार्यपत्र प्रस्तुत गर्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

‘बैठकमा सहभागी हुन अधिकांश केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु काठमाडौं आईपुगिसक्नुभएको छ , आउन बाकी भोलि बिहानसम्म आईपुग्नुहुन्छ ‘बर्तौलाले भने ।

अन्य समयको केन्द्रीय समितिको बैठकमा जस्तो यो बैठकमा सचिवालय,संगठन र आर्थिक लगायतका प्रतिबेदन पेश हुने छैनन्, आन्दोलन केन्द्रित बिषयमा मात्र छलफल हुने पार्टीले जनाएको छ । जेठ १५ गतेको आन्दोलनलाई ब्यबस्थित , प्रभाबकारी र शान्तिपूर्ण बनाउन बैठकमा अध्यक्ष थापाले निर्देशनात्मक अभिव्यक्ति दिनेछन् ।

 

सम्बन्धित समाचार

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...