अध्यक्षको दाबेदारी छाडेर उपाध्यक्षमा भिडिरहेका प्रकाश
काठमाडौं। नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी १० औं महाधिवेशनमा चुनावी सरगर्मी चर्को चलिरहेको छ। ३ दिनयता महाधिवेशन चलेतापनि हालसम्म मतदान प्रक्रिया सुरु भएको छैन।
एमालेले सर्वसम्मतिबाट नेतृत्व चयन गर्न अनुरोध गरे पनि आकांक्षीको भीडले महाधिवेशनमा मतदान हुँदैछ। भोलिका लागि तोकिएको मतदानका लागि क्षितिज थेवे र सुमन पुरी प्यानल एकआपासमा प्रतिस्पर्धामा उत्रदैछ। दुवैमा होनाहारदेखि युवा संघमा लामो समयदेखि काम गरेका युवकहरूको भीड छ।
यीमध्ये कसलाई मतदान गर्ने प्रतिनिधि समेत दोधारमा छन्। यिनैमध्ये लामो समयदेखि युवाको राजनीतिमा होमिएका प्रकाश गौतमसमेत प्रतिस्पर्धामा छन्।
प्रकाश तिनै युवा हुन्, जो यसअघिसम्म अध्यक्षका दाबेदार थिए। तर, समूहगत रूपमा अघि बढ्ने विचारले उनी उपाध्यक्षमा मनोनयन गरेका छन्। सुमन पुरीको टिमबाट उनी उपाध्यक्षको प्रतिस्पर्धा मा छन्।
किन अध्यक्षबाट उपाध्यक्षमा झरे त प्रकाश?
सम्भवतः युवा संघमा उनीजति राजनीति गरेको युवक कमै भेटिएला। उनी लामो समयदेखि युवा संघमा आबद्ध रहे। २०६४ देखि युवा संघमा आवद्ध रहेका उनी अधिकांश पदमा पुगिसकेका छन्।
उनका अनुसार युवा संघको वडा कमिटिदेखी काठमाडौं महानगर वडा नम्बर १० बाट समेत उनी जोडिए। संघको सातौं महाधिबेशनमा प्रतिनिधि बनेका उनप् ०६९ मा बुटवलमा भएको महाधिबेसनमा निर्वाचित केन्द्रीय सदस्य बने।

भुकम्पका कारण समयमै अधिबेसन हुन नसक्दा उनी लामो समय बागमती प्रदेशको संस्थापक अध्यक्ष भए। यसअघिका उपाध्यक्ष रहेका उनी केही समय युवा संघमा काम गर्ने लक्ष्यका साथ उपाध्यक्षमा उम्मेदवारी दिएको बताउँछन्। कुनैबेला माओवादी निकट वाईसीएलको चर्को दबदबामा समेत युवा संघले सुरक्षाका खातिर काम गरेको अनुभव छ उनीसँग।
‘म आफू भौतिक रुपमा मुलुकका ६५ जिल्ला पुगेर त्यहाँको बस्तुस्थितीको अध्ययन गरें । लामो अनुभव हासिल गरेको छु । पेशा, व्यवसाय गर्ने तमाम युवाहरु मैले भेटेको छु । अन्य उम्मेदवार भन्दा यस विषयमा मलाई बढी अनुभव छ । यसअघि पनि मैले संगठनको उपाध्यक्ष पदमा बसेर काम गरिसकेको छु । यो विषयलाई प्रभावकारी ढंगमा म उठाउन सक्छु जस्तो लाग्छ । मैले सिकेका कुरा युवाहरुमाझ प्रयोग गर्न सक्छु भन्ने म दावी गर्छु।’
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि
विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...
भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...
रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता
काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...




