दुवै प्रदर्शन शान्तिपूर्ण बनाउन मानव अधिकार आयोगको अपिल
काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेकपा एमालेले भोलि काठमाण्डौमा गर्ने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपील गरेको छ ।
भोलिको प्रदर्शनका सन्दर्भमा अपनाइने सुरक्षा सतर्कता सम्बन्धमा आयोगले आज काठमाण्डौ र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखहरूसँग छलफल गरेको थियो । आयोगले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपील गर्दै शान्ति सुरक्षाप्रति गम्भीर हुन निर्देशन दिएको हो ।
छलफलमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूले प्रदर्शन शान्तिपूर्ण होस् र कुनै बाधा व्यवधान नआओस् भन्नेतर्फ सचेत रही सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखिएको बताएका छन् ।
यस्तै शान्ति सुरक्षालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकायबीच समन्वय गरिएको, दुई पक्षबीच झडपको स्थिति आउन नदिन दुवै समूह एकआपसमा जम्काभेट नहुने गरी प्रबन्ध मिलाइएको, सञ्चारगृहलगायतका संवेदनशील स्थलहरूको सुरक्षामा ध्यान दिइएको र सडकमा सहज आवागमनमा अवरोध हुन नदिन तथा सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा रणनीति तयार पारिएको जानकारी दिइएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि
विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...
भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...
रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता
काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...




