राजावादीहरूले आज आन्दोलन नगर्ने
काठमाडौँ। राजावादीहरूले आज आन्दोलन नगर्ने भएक छन्।
राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीजस्ता एजेन्डा लिएर जेठ १५ गतेदेखि समितिको आह्वानमा ‘जनआन्दोलन’ भइरहेको थियो।
समितिको उक्त कार्यक्रमलाई राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाललगायत दल तथा समूहहरूले समर्थन जनाएका थिए भने काठमाडौंका विभिन्न स्थानमा दिनहुँ प्रदर्शन भइरहेको थियो।
समितिले राजसंस्था पुनर्स्थापनालगायत माग पूरा नभएसम्म अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेको थियो। तर आज भने राजावादीहरूले आन्दोलन शोकमा परिणत गर्ने भएका छन्। धर्ना तथा जुलुस नगर्ने उनीहरूको भनाइ छ।
संयोजक सुवेदीले विज्ञप्ति जारी गर्दै राजा वीरेन्द्रको परिवारको हत्या भएको स्मृतिमा आज शोकमा साँझ दीप प्रज्ज्वलन गरिने उल्लेख गरेका छन्।
राजा वीरेन्द्रको परिवारको २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा हत्या भएको थियो। उक्त हत्या कसले गरेको अहिलेसम्म यकिन छैन।
ताजा अपडेट
-
१.
प्रतिनिधिसभा निर्वाचन नतिजा : १०९ स्थानको गणना हुँदा ८१ स्थानमा रास्वपा अगाडि
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
ओलीभन्दा बालेन भारी मतले अगाडि
-
४.
कांग्रेसले मुस्ताङबाट खोल्यो खाता, योगेश गौचन निर्वाचित
-
५.
रास्वपाले खोल्यो खाता, काठमाडौं १ मा रन्जु र काठमाडौं ८ मा विराज विजयी
ट्रेन्डिङ
सम्बन्धित समाचार
मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि
विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...
भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...
रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता
काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...




