बुधबार, माघ २३, २०८१
English
Follow us:

बाघको आक्रमणबाट चितवनको खैरहनीमा एक पुरुषको मृत्यु

बाघको आक्रमणबाट चितवनको खैरहनीमा एक पुरुषको मृत्यु

  • खबर सेवा

  • आइतवार, बैशाख १८, २०७९

  • 15
    SHARES

चितवन । चितवनको कुमरोज सामुदायिक वनमा खैरहनीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । आज विहान ८ बजे घाँस काट्न गएका खैरहनी नगरपालिका–१३ बैरियाका ६५ वर्षीय नारायण दाहालको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले बाघले आक्रमण गरेको सूचना आएलगत्तै प्रहरी चौकी कुमरोज, इलाका प्रहरी कार्यालय खैरहनी, राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनासमेतको टोलीले हात्तीसहित दाहालको खोजी गर्दा आक्रमण गरेको स्थलभन्दा एक किलोमिटर टाढा उनको शव भेटिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology