दुवै सदनको बैठक बस्दै
काठमाडौँ। संघीय संसदका दुवै सदनको बैठक बिहीबार बस्दैछ।
प्रतिनिधि सभा बैठक दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्नेत तय भएको छ।
राष्ट्रिय सभा बैठक बुधबार बस्दै नबसी स्थगित भएको थियो। भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल लगायत प्रतिपक्षी दलहरूले छानबिनको माग गर्दै संसद अवरोध गर्दै आएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा आयोग नै बनाएर छानबिन गर्नुपर्ने माग राखेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्रीको राजीनामा नै माग गरेको छ।
प्रतिपक्षी दलहरूले बजेट प्रस्तुत गर्न दिए पनि त्यसपछिका छलफलहरुमा अवरोध गर्दै आएका छन्।
आजको बैठकको सम्भावित कार्यसूचीमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने तथा प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गर्ने उल्लेख छ।
त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ुसंघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२ु पेस गर्ने कार्यसूची छ।
आजकै बैठकमा बजेटमाथिको सामान्य छलफल सुरू गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले प्रस्तुत गर्ने कार्यसूची छ।
राष्ट्रिय सभामा भने बजेटमाथिको सामान्य छलफल जारी रहने कार्यसूची छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस : ओली
-
२.
इरानका रक्षामन्त्री मारिएको दावी
-
३.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
-
४.
मध्यपूर्वको तनावप्रति गगन थापाद्वारा चिन्ता व्यक्त
-
५.
डलरमा भएको खर्च पनि निर्वाचन खर्चको सीमाभित्रै गणना हुने
सम्बन्धित समाचार
गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी...
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ। सर्वोच्च अदालतका...
रुकुम पूर्वमा प्रचण्ड विजयी
काठमाडौं। रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । अहिलेसम्म गणना भएको...
मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि
विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...




