सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित
भक्तपुर । कर्मचारी र बोर्ड व्यवस्थापनबीचको आज भएको वार्तामा सहमति भएपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी सङ्घ नेपाल केन्द्रीय समितिले पाँच बुँदे माग प्रस्तुत गर्दै बुधबारदेखि बोर्डमा सुरु गरेको आन्दोलन आजको वार्तामा सहमति बनेपछि स्थगित गरिएको सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए ।
गत साउन २५ गते बोर्डका सदस्य सचिव दुर्गा अर्याललाई पाँच बुँदे मागपत्र पेश गरेको र पटक–पटक माग पुरा गराउन माग गर्दा पनि बोर्डले बेवास्ता गरेको भन्दै सङ्घले बुधबारदेखि आन्दोलन सुरु गरेको थियो ।
बुधबार र आज बोर्डको काम ठप्प पारेका कर्मचारीसँग व्यवस्थापनले वार्ता गरेपछि पाँच बुँदे सहमति भएकाले थप आन्दोलनका कार्यक्रम पनि स्थगित गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।

ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




