मुख्य समाचार

४० लाखमै सकियो खानेपानी आयोजना

म्याग्दी। मालिका गाउँपालिका–३ लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत ३९ लाख २३ हजारको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ। आयोजनाबाट करिब ४०० जना लाभान्वित भएका छन्।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को १७ लाख ७४ हजार ७२९, मालिका गाउँपालिकाको नौ लाख ९५ हजार ५०९ र उपभोक्ताको ११ लाख ५३ हजार २५० बराबरको श्रमदानमा आयोजना सम्पन्न भएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिए ।

मालिका गाउँपालिका र नेवाको साझेदारीमा चालु आर्थिक वर्ष २०८१/०८२ मा मालिका गाउँपालिका–३ मा पात्ले, लुुक्सीपार र डाँडागाउँमा तीन वटा खानेपानी योजना निर्माण भएका छन् ।

ती योजनाहरुबाट ४०० परिवार लाभान्वित भएका वडाध्यक्ष मोतीप्रसाद बुढाले बताए । डाँडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुुक्सीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उनले बताए ।

सम्बन्धित समाचार

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...

एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग

एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग

ताप्लेजुङ। नेकपा एमाले ताप्लेजुङले गिरफ्तार गरिएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार...