नेपालले वेस्ट इन्डिजसँग टी २० सिरिज खेल्ने
काठमाण्डौं। नेपालले वेस्ट इन्डिजसँग टी २० सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ नेपालले बिहीबार उक्त कुराको जानकारी दिएको हो। नेपालले पहिलोपटक टेस्ट टोली वेस्ट इन्डिजसँग टी २० सिरिज खेल्न लागेको हो। नेपालले आउँदो सेप्टेम्बरमा उक्त सिरिज खेल्न लागेको हो।
क्यानका अनुसार सेप्टेम्बर २७, २८ र ३० मा उक्त खेलहरू हुन्छन्। क्यानले न्युट्रल भेन्युको रूपमा पहिलो पटक देश बाहिर आयोजकको रूपमा युएईको सारजाह क्रिकेट रंगशालालाई प्रयोग गर्ने भएको हो। नेपालमा अन्तर्राष्ट्रिय रंगशाला नहुँदा नेपालले टेष्ट राष्ट्रसँग खेल्न न्युट्रल भेन्यु प्रयोग गर्न लागेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए।
नेपालले गत टी २० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको थियो। नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग निकै प्रतिस्पर्धात्मक खेल खेलेपछि क्रिकेट जगतमा नेपालको चर्चा चुलिको थियो। नेपालले दक्षिण अफ्रिकासँग १ रनको हार व्यहोरेको थियो भने बंगलादेशलाई जम्मा १०६ रनमा रोक्न सफल भएको थियो। बंगलादेशसँगको खेलमा नेपाल २१ रनले पराजित भएको थियो।
त्यसपछि आयोजना भएको नेपाल प्रिमियर लिगमा वेस्ट इन्डिजका क्रिकेट लेजेन्ड ब्रायन लारा नेपाल भ्रमण गरेका थिए। उनले नेपाली प्रतिभाहरूलाई देखेर प्रशंसा पनि गरेका थिए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन : महान्यायाधिवक्ता
काठमाडौँ। महान्यायाधिवक्ता सविता भण्डारीले न्याय सेवामा महिलाको उपस्थिति अब ‘समाचार’ नभइ ‘सामान्य वास्तविकता’ बन्नुपर्ने बताउनुभएको छ। सर्वोच्च अदालतद्वारा अन्तर्राष्ट्रिय...
विष्णु पौडेलले निर्वाचनमा कति गरे खर्च?
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ गते भएको निर्वाचनमा २८ लाख रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई...
औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र सुदृढीकरण गर्ने भएको छ।...
बढ्यो नेप्से
काठमाडौँ। शेयर बजारमा मंगलबार साढे ७ महिनायताकै अधिक कारोबार भएको छ। २१ अर्ब ५० करोड रुपैयाँ कारोबार भएको हो।...




