मुख्य समाचार

यी स्थानमा आज पर्दैछ भारी वर्षा

काठमाडौँ । हाल कोशी, मधेश, बागमती, गण्डकी र प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ। देशका थोरै स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधरणतया बदलीदेखि पूर्णयता बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

सम्बन्धित समाचार

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...