मुख्य समाचार

सरकार छाड्ने निर्णय लिने तरखरमा उपेन्द्र यादव

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालले सरकारको बारेमा कार्यकारिणी समितिमा छलफल गर्ने भएको छ।

हिजोदेखि जारी कार्यकारिणी समितिको बैठकमा सरकारको विषयमा छलफल हुने बताइएको छ । जसपा नेपालले सरकारलाई बाहिरबाट समर्थन गरेको छ तर सार्वजनिक रूपमै सरकारको कामप्रति असन्तुष्टि जनाउँदै आएको छ ।

सो पार्टी सदनमा सत्तापक्षको कुर्सीमा बसेको छ तर त्यहाँ जसपाका सांसदहरूले विपक्षी दलको सांसदले जसरी आफ्नो धारणा राखिरहेका हुन्छन् । सरकारलाई समर्थन गरे पनि जसपा नेपालले सरकारसँग विपक्षीको जस्तो व्यवहार गरिरहेको छ ।

त्यसैले सरकारमा बस्ने कि नबस्ने विषयमा कार्यकारिणी समितिको बैठकमा छलफल हुने एक नेताले बताए । ती नेताका अनुसार जसपा नेपालले धेरै दिनसम्म सरकारलाई समर्थन दिइ रहन नसक्ने देखिएको छ । यो बैठकमा पार्टीले आफ्नो दिशा स्पष्ट गर्ने उनले बताए ।

सरकारले ल्याएको बजेटको पनि जसपा नेपालले आलोचना गरेको छ । भिजिट भिसा प्रकरणमा पनि जसपा नेपालले सरकारको आलोचना गरेको छ भने भूमि सम्बन्धी अध्यादेश फिर्ता गराउन सरकारलाई बाध्य पार्ने पनि जसपा नेपालले नै हो । संसदमा प्रस्तुत भूमि सम्बन्धी विधेयकको विरोध गर्नेमा जसपा नेपालले नै अगुवाइ गरेको थियो ।

सत्ता पक्ष भएर पनि यसरी सरकारको आलोचना गर्नुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक रूपमा लिएका छैनन् । सरकारलाई समर्थन गरेर पनि सरकारसँग राम्रो सम्बन्ध नहुनुले समर्थन दिनु कति उचित हुने विषयमा छलफल गरेर एउटा निर्णय लिने जसपा नेपालका ती नेताले बताए ।

 

सम्बन्धित समाचार

फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि

फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि

काठमाडौँ। गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा एमाले का गोकर्ण विष्ट फेरि पछि परेका छन्। निर्वाचनको पछिल्लो...

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ। काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डीपी अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।...

कास्की-२ मा रास्वपाका पौडेल विजयी

कास्की-२ मा रास्वपाका पौडेल विजयी

गण्डकी। प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार...

काठमाडौँ-५ मा रास्वपाका पोखरेल विजयी

काठमाडौँ-५ मा रास्वपाका पोखरेल विजयी

काठमाडौँ। काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी/रास्वपाका उम्मेदवार सस्मित पोखरेल निर्वाचित भएका छन् । बिहीबार...